News

28December, 2023

निर्वाचन कार्यतालिका र प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरिएको बारे अत्यन्त जरुरी सूचना। (more…)

विश्व सम्पदा दिवस

19April, 2023

“विश्व सम्पदा दिवस” को अवसरमा मिति २०८० वैशाख ०५ गते(अप्रिल १८, २०२३) का दिन नेपाल स्काउट मधेश प्रदेश स्काउट कार्यालयको आयोजनामा मधेश प्रदेशको राजधानी जनकपुरमा रहेको धार्मिक आस्था र साँस्कृतिक आकर्षणको केन्द्र जानकी मन्दिरमा अभियानात्मक विशेष कार्यक्रम सञ्चालन गरिएको छ । (more…)

विभिन्न पालिकामा अभिमुखीकरण सञ्चालन

19April, 2023

मधेश प्रदेशमा स्काउटिंग विस्तार अभियानका क्रममा विभिन्न पालिकामा समन्वय तथा अभिमुखीकरणका कामहरु सञ्चालन भइरहेको छ । सोही क्रममा धनुषा जिल्लाको मिथिला नगरपालिकाका नगरप्रमुख श्री महेन्द्र महतोसँग भेटघाट गरी नगरमा स्काउट कार्यक्रम विस्तार गर्ने विषयमा छलफल परामर्श गरिएको छ । (more…)

चैती छटको समापन पश्चात गंगासागर परिषद सरसफाई

29March, 2023

मिति २०७९ चैत्र १४ गते मधेष प्रदेश स्काउट कार्यालयकाे आयोजनामा चैती छटको समापन पश्चात गंगासागर पोखरी परिषदमा जम्माभएका फोर व्यवस्थापन तथा सरसफाई कार्यक्रमको आयोजना गरेको थियो।

(more…)

Earth Hour 2023

26March, 2023

मिति २०७९ चैत्र ११ गते मधेस प्रदेश स्काउट कार्यलयको आयोजनामा “Earth Hour 2023” जनकपुरधाम स्थित जानकी मन्दिरको प्राङ्गणमा मनाइएको थियो।

(more…)

माननीय मुख्यमन्त्रीज्यूसँग भेटघाट

22March, 2023

मधेश प्रदेश स्काउटका संरक्षक माननीय मुख्यमन्त्रीज्यूसँग स्काउटको विकास र विस्तारका लागि भेटघाट गरिएको छ । मुख्यमन्त्री मा. सरोजकुमार यादवज्यूसँग आज चैत्र ८ गते मुख्यमन्त्रीज्यूकै कार्यकक्षमा नेपाल स्काउटका सहायक निर्देशक श्री रविराज पौडेल र प्रदेश अधिकृत श्री कृष्ण प्याकुरेलले भेटवार्ता गर्नुभएको हो । (more…)

हरिपुर स्काउट कार्यलयको आयोजनामा ५२१औं BTC/३८० औं PTC सम्पन्न

16March, 2023

मिति २०७९ फाल्गुन १ गते सर्लाही जिल्लाको हरिपुर नगरपालिकामा नेपाल स्काउट मधेस प्रदेशको हरिपुर स्काउट कार्यलयको आयोजनामा ५२१औं BTC/३८० औं PTC सम्पन्न भएको छ।

(more…)

स्काउट आधारभूत तालिमको समुदघाटन

12March, 2023

मधेश प्रदेशमा स्काउट सदस्यता वृद्धि अभियान अन्तर्गत सर्लाही जिल्लाको हरिपुर नगरपालिकामा स्काउट आधारभूत तालिमको समुदघाटन गरिएको छ । हरिपुर नगरपालिकाका नगरप्रमुख गोपाल पञ्जियारको प्रमुख आतिथ्यतामा आज एक समारोहका बीच तालिम कार्यक्रमको शुरुवात गरिएको हो । मेयर पञ्जियारले पानसमा बत्ती बाल्दै कार्यक्रमको समुदघाटन गरेका थिए । हरिपुर नगरपालिका तथा आसपासका क्षेत्रबाट विद्यालयका ४० जना शिक्षक शिक्षिकाहरु तालिममा सहभागी छन् । नेपाल स्काउटले सदस्यता वृद्धि अभियानमा विद्यालयमा नैं केन्द्रित भई स्काउट तालिम लगायतका अन्य प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्न थालेको छ । (more…)

स्काउटको दीक्षा कार्यक्रम सम्पन्न

12March, 2023

नेपाल स्काउट मधेश प्रदेश स्काउट अन्तर्गत सर्लाही जिल्लाको हरिवन नगरपालिका सुखेपोखरीमा सञ्चालित स्काउट इकाईमा यहि फागुन २७ गते स्काउट दीक्षा कार्यक्रम सम्पन्न भएको छ । हरिवन नगरपालिकाको वडा नं. १० मा पर्ने चतुर्भुजेश्वर जनता माध्यमिक विद्यालयमा सञ्चालन भएको स्काउट इकाईमा रहेका ८० जना स्काउटहरुको आज एक समारोह बीच दीक्षा सम्पन्न भएको हो । हरिवन नगरपालिका वडां. १० का वडाध्यक्ष शम्भु प्रसाद मैनाली प्रमुख अतिथि रहेको कार्यक्रमको सञ्चालन स्काउट इकाईका स्काउटर पुस्कर बुढाथोकीले गरेका थिए ।

स्काउट पोसाक वितरण

1March, 2023

मिति २०७८ फाल्गुन १६ गते मधेस प्रदेशको हरिवन नगरपालिका ५ स्थित चेतन सन्देश जनहित पञ्च ईशाका श्रवण द्वन्द पीडित बिद्यालयमा नेपाल स्काउट द्वारा वितरित स्काउट पोसाक वितरण गरिएको छ।

(more…)

वृक्षारोपन कार्यक्रम

1March, 2023

नेपाल स्काउट प्रदेश स्काउट कार्यालय मधेश प्रदेश, जनकपुरधामले मिति २०७९ फाल्गुन १० गते, मंगलबार World Thinking Day र Founder’s Day एवं U-Fund Day को उपलक्ष्यमा वृक्षारोपन कार्यक्रम गरी यो दिवस मनाएको छ । वृक्षारोपन कार्यक्रम श्री रामजानकी बहुद्येशिय क्रिकेट स्टेडियम जनकपुरधाममा १०जना स्काउट स्वंयसेवकहरुको सहभागीतामा यो कार्यक्रम सम्पन्न भएको छ । (more…)

World Thinking Day र Founder’s Day एवं U-Fund Day

1March, 2023

आज २०७९ फाल्गुन १० गते, मंगलबार World Thinking Day र Founder’s Day एवं U-Fund Day को उपलक्ष्यमा मधेश प्रदेशमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । (more…)

स्काउट सदस्यता वृद्धि अभियान

20February, 2023

नेपाल स्काउट मधेश प्रदेश स्काउट कार्यालयले प्रदेशमा स्काउटिंग विस्तारको अभियान तीव्र बनाएको छ । नेपाल स्काउटको १० वर्षे रणनीति बमोजिम देशैभर चलेको स्काउट सदस्यता वृद्धि अभियान अन्तर्गत मधेश प्रदेशका स्थानीय तहका पालिकाका मुख्य जिम्मेवार व्यक्तित्वहरुलाई स्काउटसँग परिचित गराउने क्रममा सिराहा जिल्लाका पालिकाहरुमा पालिका प्रमुखहरुसँग भेट गरी स्काउटको बारेमा बताउने र विकास र विस्तारका लागि बजेट विनियोजन लगायतका समन्वय गर्ने काम सम्पन्न भएको छ ।
नेपाल स्काउट मधेश प्रदेश संयोजक श्री दिनेश यादव र सहायक निर्देशक श्री रविराज पौडेलले मिति २०७९ फागुन ५ गते सिराहा जिल्लाको विष्णुपुर गाउँपालिका अध्यक्ष श्री सत्यनारायण यादव, औरही गाउँपालिकाका अध्यक्ष श्री शिवजी यादव, सखुवानान्करकट्टी गाउँपालिकाका युवा अध्यक्ष श्री केदार यादव र भगवानपुर गाउँपालिकाका अध्यक्ष श्री उग्रनारायण यादवलाई भेट गरी पालिकामा स्काउट सञ्चालनको लागि अनुरोध गर्नुभएको छ । पालिका अध्यक्षज्यूहरुबाट सकारात्मक जवाफ प्राप्त भएसँगै प्रधानाध्यापकहरुलाई अभिमूखीकरण तालिम प्रदान गर्ने र तालिम सञ्चालन गर्ने कार्यक्रम अगाडि बढ्ने छ । त्यसैगरी २०७९ फागुन ६ गते सुखीपुर नगरपालिकाका मेयर श्री रामऔतार यादवसँग पनि वहाँहरुले भेटघाट गरी स्काउटिंग विकासमा सहयोग गर्न आग्रह गर्नुभएको छ । प्रमुखज्यूहरुले स्काउटको लागि केही रकम छ्ट्टयाएको बताउनुभएको छ र अभिमूखीकरण तालिमका साथै स्काउट आधारभूत तालिम सञ्चालन गर्ने व्यवस्था गर्ने बताउनु भएको छ ।

(more…)

महोत्तरीको भंगहा नगरपालिकामा स्काउट अभिमुखीकरण तालिम कार्यक्रम सम्पन्न

20February, 2023

मिति २०७९ साल फागुन ५ गते शुक्रबारको दिन नेपाल स्काउट मधेश प्रदेश स्काउट कार्यालयको आयोजनामा महोत्तरी जिल्लाको श्री माध्यमिक विद्यालय भंगहा, सितापुर सिद्धपुर भंगहा न.पा. मा स्काउट अभिमुखीकरण तालिम कार्यक्रम सम्पन्न भएको छ । भंगहा नगरपालिका भित्र रहेका ७ वटा सामुदायिक विद्यालयबाट सातैं विद्यालयको प्रधानाध्यापकहरु, प्रत्येक विद्यालयबाट २-२ जना शिक्षक र ५-५ जना विद्यार्थीहरु र सामाजिक अभियन्ता लगायत जम्मा ६६ जनाको उपस्थितिमा स्काउट सम्बन्धी अभिमूखीकरण तालिम प्रदान गरिएको छ ।

(more…)

हरिवन नगरपालिकामा अनलाइन सदस्यता दर्ता प्रणाली (OMRS) को अभिमूखीकरण तालिम

20February, 2023

मिति २०७९ माघ २८ गते, शनिबार नेपाल स्काउट प्रदेश स्काउट कार्यालय मधेश प्रदेशको आयोजनामा नेपाल स्काउटको अनलाइन सदस्यता दर्ता प्रणाली (OMRS) को अभिमूखीकरण तालिम आयोजना गरिएको छ । सर्लाही जिल्लाको हरिवन नगरपालिका अन्तर्गत सञ्चालित १० वटा विद्यालयका स्काउट माष्टर शिक्षकहरुलाई उक्त तालिम प्रदान गरिएको थियो । तालिमको सञ्चालन प्रदेश अधिकृत कृष्ण प्याकुरेलले गर्नु भएको छ। तालिमबाट १० जना स्काउट शिक्षकहरु लाभान्वित भएका छन् भने उक्त तालिमबाट नेपाल स्काउटको सदस्यता वृद्धि लक्ष्यमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा प्रदेश स्काउट कार्यालयले गरेको छ ।

(more…)

Stop The Violence

20February, 2023

मिति २०७९/१०/२७ गते श्री दुर्गा माध्यमिक विद्यालय मनराशिसवा न.पा.०१, सोनौल प. ई.बो.स्कुल ०३ र श्री मा जानकी ई. बो. स्कुल मनराशिसवा न.पा.०३ महोत्तरीमा नेपाल स्काउट प्रदेश स्काउट कार्यालय मधेश प्रदेश जनकपुरधामको आयोजनामा Stop The Violence ( STV) कार्यक्रम सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । STV MTOT श्री रंजना कमारी ज्यूलाई प्रदेश सहायक श्री रोशन कुमार यादव ज्यूले तालीममा सहजीकरण गर्दै विद्यार्थीहरुलाई तालिम दिनुभएको थियो भने तालिममा १५0 जनाको सहभागीता रहेको थियो ।

(more…)

सर्लाही जिल्लाको लालबन्दी नगरपालिका विद्यालयका प्रधानाध्यापकहरुलाई स्काउट सम्बन्धी अभिमूखीकरण तालिम प्रदान

16February, 2023

मिति २०७९ माघ २७ गते, शुक्रबार नेपाल स्काउट मधेश प्रदेश स्काउट कार्यालयको आयोजनामा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुलाई स्काउट सम्बन्धी अभिमूखीकरण तालिम प्रदान गरिएको छ । नेपाल स्काउटको राष्ट्रिय रणनीतिक योजना अनुरुप सदस्यता वृद्धि सम्बन्धी अभियान अन्तर्गत यो कार्यक्रम गरिएको हो । स्काउटको आधारभूत जानकारी र युवा तथा बालबालिकाहरुको सर्वांगीण विकासमा स्काउटको महत्वमाथि प्रकाश पार्दै नगरका विद्यालयहरुमा स्काउट कार्यक्रम सञ्चालनका गरि लाभ लिन प्रधानाध्यापक तथा संस्थागत विद्यालयका सञ्चालकहरुलाई अनुरोध गरिएको थियो । नेपाल स्काउट पूर्वी क्षेत्रिय सहायक निर्देशक रविराज पौडेलले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो।

(more…)

प्रधानाध्यापकहरुलाई स्काउट सम्बन्धी अभिमूखीकरण तालिम

9February, 2023

मिति २०७९ माघ २५ गते, बुधबार नेपाल स्काउट मधेश प्रदेश स्काउट कार्यालयको आयोजनामा सिरहा जिल्लाको सिरहा नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई स्काउट सम्बन्धी अभिमूखीकरण तालिम प्रदान गरिएको छ । नेपाल स्काउटको राष्ट्रिय रणनीतिक योजना अनुरुप सदस्यता वृद्धि सम्बन्धी अभियान अन्तर्गत यो कार्यक्रम गरिएको हो । स्काउट सम्बन्धी जानकारी र यसबाट युवा तथा बालबालिकाहरुलाई पुग्ने फाइदाका विषयमा प्रकाश पारी विद्यालयमा स्काउट कार्यक्रम सञ्चालनका लागि प्रधानाध्यापकहरुलाई अनुरोध गरिएको थियो । नगरप्रमुख डा. नविन कुमार यादव, उपप्रमुख बबिता कुमारी साहका प्रमुख प्रशासकीय अधिकृतज्यूको उपस्थितिमा स्काउटको आवश्यकता सम्बन्धमा नेपाल स्काउटका सहायक निर्देशक रविराज पौडेलले जानकारी दिनु भएको थियो।

(more…)

विद्यालयमा स्काउट पोशाक वितरण

9February, 2023

मिति २०७९ माघ २५ गते नेपाल स्काउट मधेश प्रदेश स्काउट कार्यालयले सिराहा नगरपालिकामा सञ्चालित श्री चन्द्र नमूना माध्यमिक विद्यालय र श्री सारश्वरनाथ माध्यमिक विद्यालयमा स्काउट पोशाक वितरण गरिएको छ । प्रदेश संयोजक श्री दिनेश कुमार यादवज्यूको उपस्थितिमा सिरहा नगरपालिकाका नगरप्रमुख डा. नवीन कुमार यादवबाट विद्यालयका प्रधानाध्यापकहरुलाई स्काउट पोसाक हस्तान्तरण भएको हो ।
पोशाक हस्तान्तरण कार्यक्रममा नगरप्रमुख यादवले स्काउटको माध्यमबाट युवा तथा बालबालिकाहरुको बृहत्तर विकास हुने बारेमा आफु जानकार रहेको बताउँदै नगरका सबै विद्यालयमा स्काउट सञ्चालन गर्न तालिम आयोजना गर्ने र अन्य समन्वय समेत गर्ने बताउनुभयो । १०८ वर्ष अघि वि.सं. १९७१ मा स्थापित श्री चन्द्र नमूना मा.वि.मा लामो समयपछि स्काउट गतिविधी हुन लागेकोमा विद्यालयका प्राचार्य मधुसुदन कर्णले खुसी व्यक्त गर्दै नेपाल स्काउटलाई धन्यवाद ज्ञापन गर्नुभयो । यसैसाथ वि.सं. २००८ सालमा स्थापित श्री सारश्वरनाथ मा.वि.मा पहिलोपटक स्काउट सञ्चालन हुँदैछ ।

(more…)

नेपाल स्काउटको अनलाइन सदस्यता दर्ता प्रणाली (OMRS) को अभिमूखीकरण तालिम कार्यक्रम

3February, 2023

नेपाल स्काउट प्रदेश स्काउट कार्यालय मधेश प्रदेशको आयोजनामा नेपाल स्काउटको अनलाइन सदस्यता दर्ता प्रणाली (OMRS) को अभिमूखीकरण तालिम कार्यक्रम आयोजना गरिएको छ । (more…)

स्काउट स्वयंसेवीद्वार भीड व्यवस्थापन तथा सहजीकरण

24January, 2023

धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा रहेको धनुषाधाम धार्मिक स्थलमा माघ महिना भरी लाग्ने मकर मेलामा मधेश प्रदेश स्काउट कार्यालयको समन्वयमा स्काउट स्वयंसेवीहरुले भीड व्यवस्थापन तथा दर्शनार्थीहरुलाई सहजीकरण गरेको छ । (more…)

१ रात २ दिने हिउँदे क्याम्प सम्पन्न

20January, 2023

मधेश प्रदेशको सर्लाही जिल्ला बागमती नगरपालिकामा २०७९ माघ ४ र ५ गते, १ रात २ दिने हिउँदे क्याम्प सम्पन्न भएको छ । मधेस प्रदेश तदर्थ समिति सदस्य तथा महेन्द्र स्काउट दल र ईलाईट स्काउट दलका स्काउट लिडर दिलीप प्रसाद उपाध्यायको नेतृत्वमा सञ्चालित क्याम्पमा ७० जना स्काउट बालबालिका, १२ स्काउटर र नगरशिक्षाका प्रतिनिधिले भाग लिएका थिए । (more…)

प्रदेश तदर्थ समितिको बैठक सम्पन्न

18January, 2023

मिति २०७९ माघ ०३ गते, मंगलबार मधेस प्रदेशका नव नियुक्त प्रदेश संयोजक श्री दिनेश कुमार यादवको अध्यक्षतामा प्रदेश तदर्थ समितिको बैठक सम्पन्न भएको छ । बैठकले मधेश प्रदेश स्काउट कार्यालयको हालसम्मको प्रगति समीक्षा गर्दै प्रदेशमा स्काउट सदस्यता बृद्धि गर्ने, बृहतरुपमा स्काउट कार्यक्रमहरु सञ्चालन गर्ने र तालिम सहितका समग्र स्काउटिंग गतिविधीलाई थप तदारुकताका साथ सञ्चालन गर्न प्रदेश समिति सदस्य, स्थानीय संयोजक एवं सदस्यता बृद्धि संयोजकहरुलाई जिम्मेवारी दिई अभियानका रुपमा परिचालन गर्ने, अन्तरप्रदेश समन्वयात्मक बैठक गर्ने लगायतका समसामयिक तथा दूरगामी महत्वका विषयहरुमा घनीभूत छलफल गरी महत्वपूर्ण निर्णयहरु गरेको छ । (more…)

स्काउटद्वारा पुल निर्माण

17January, 2023

राष्ट्रिय विभूति स्काउट ट्रूप मा. वि. डुमरवाना र ट्रूप प्रोगेस ट्रूपका बालबालिकाहरुले मिति 2079/09/14 गते जितपुर सिमरा उपमहानगरपालीकाको 15/16 वडा नं को बीच बालगंगा नदीमा हिउँदे बासको पुल निर्माण गरेकाछन् । (more…)

१८औँ राष्ट्रिय जाम्बोरी

17January, 2023

सन् २०२३ जनवरी ४ गतेदेखि १० गतेसम्म चलेको भारत स्काउट्स एण्ड गाईड्सद्वारा राजस्थानको रोहतमा आयोजना गरिएको १८औँ राष्ट्रिय जाम्बोरीमा नेपाल स्काउटसका ३५ सदस्यीय टोली सहभागी भएका थिए ।

(more…)

आठौं राष्ट्रिय योग दिवस

17January, 2023

मिति २०७९/०१/०१ गते आठौं राष्ट्रिय योग दिवसको अवसरमा नेपाल स्काउट मधेश प्रदेश कार्यालयको सम्वन्यमा आयोजक पतञ्जलि योग समिति नेपाल साथै सहयोगी गायत्री परिवार द्वारा “स्वास्थ्य जीवनको चाहना: योग, शिक्षा र साधना” मूल नारा सहितको १ दिने कार्यक्रम आयोजना भएको थियो।
कार्यक्रममा बरहथवा नगरपालिका नगर प्रमुख कल्पना कुमारी कटुवाल, नगर उप– प्रमुख रामबाबु प्रसाद साह, स्काउटर दिलीप उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।
१ दिने कार्यक्रममा योग शिविर लगाएत नगर परिक्रमा पनि भएको थियो। उक्त कार्यक्रममा २२ जना स्काउटरले सहभागि जनाएका थियो।

ट्रफिक सचेतना कार्यक्रम ।

19July, 2022

नेपाल स्काउट मधेस प्रदेश स्काउट कार्यालयको आयोजनामा तथा जिल्ला ट्रफिक प्रहरी कार्यालय, धनुषाको सहयोगमा ट्रफिक सचेतना कार्यक्रम सम्पन्न गरियो । ट्रफिक सचेतना कार्यक्रम जनकपुरधाममा १४ दिन सम्म जनकपुरधामका रामानन्द चाैक, भानु चाैक,शिव चाैक, िजरो माइलमा लगायतका चाेकहरूमा कार्यक्रम गरियो। कार्यक्रम अन्र्तगत फुटपाथ तथा जेब्रा क्रसिङ प्रियोग बारे,  ट्रफिक  नियम बारे, ट्रफिक चीन आदिको प्रियोग गर्न लगाइयाे ।

लागु पदार्थ दुर्व्यसनी विरुद्ध युवा स्काउट परिचालन कार्यक्रम

8July, 2022

नेपाल स्काउट प्रदेश स्काउट कार्यालय, मधेश प्रदेश जनकपुरको आयोजनामा धनुषाको लक्ष्मिनिया गा.पा.को सामुदायिक विद्यालयहरुमा लागु पदार्थ दुर्व्यसनी विरुद्ध युवा स्काउट परिचालन १ दिने कार्यक्रम सम्पन्न भएको छ। लक्ष्मिनिया गा.पा.को संयोजक रहेको स्काउट मास्टर श्री रोशन कुमार यादव प्रशिक्षको रुपमा रहेका  विद्यार्थीहरुको सहभागितामा सो कार्यक्रम मधेश प्रदेशका १० वटा विद्यालयहरूमा  कार्यक्रम सम्पन्न भएको छ।

हिरवन नगरपालिका, सर्लाहीमा ४९३अैां बि.टि.सि. ३६१ औं पि.टि.सि. स्काउट आधारभुत  तालिम  कार्यक्रम

8July, 2022

नेपाल स्काउट  स्थानिय स्काउट समिति हिरवन नगरपालिका, सर्लाहीकाे तथा हरिवन नगरपालिका कार्यालयको सहयोगमा २०७९ ।०२।२८  गते देखी सुरु भएकाे ४९३अैां बि.टि.सि. ३६१ औं पि.टि.सि. स्काउट आधारभुत  तालिम  कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्काउट समिती हिरवन नगरपालिकाकाे संयोजक सुबास घिमिरेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा ५ रात ६ दिन काे तालिम कार्यकम् सम्पन्न भएकाे छ ।

 

Dikshant Samaroh in Sarlahi

24June, 2022

Dikshant Samaroh Program has been successfully in Sarlahi at Barathwa Na.Pa. While participating in the program organized by the Municipal Committee to congratulate and wish the patrons and heads of the Nepal Scout Barhathwa Municipality. Patron Kalpana Katuwal, Chief Ram Vavu Sah and Administrative Chief Madan Thapa were briefed about the scouting activities and future strategy in the city.

Participants of Hazaria Scout Troop Mukteshwar Scout Troop Kiran Yadav, unit chief of Haripurwa Scout Troop, said that the Scouting Movement would help the students to learn practical knowledge along with the textbook knowledge of the school. At the event, medals were awarded by the Nepal Scout National Headquarters to volunteers who were deployed in dangerous conditions during the 19th century.

Celebration of World Environment Day

6June, 2022

5th June 2022, World Environment Day as Madhesh Province Scouts Office, Janakpur has celebrated this program in different places of Janakpur at SahidGate of Mujeliya, temple of Manipal, field of Kabardhall, ponds of Biharkunda, etc. As the announcement of Province Scouts Office, Janakpur different local souts has celebrated this program successfully. Near 100 of scouts volunteers has mobilized in this program.

140th World Tuberculosis Day Celebration

25March, 2022

Shree Mahadev Janata Madhyamik Scout Troop Hariwan, Sarlahi has celebrated 140th World Tuberculosis Day on 10th of Chaitra 2078 successfully. It was celebrated on the directions of Nepal Scouts Province Scouts Office Madhesh Province, Janakpur and Hariwan Na.Pa., Sarlahi. It was completed mobilizing about 70 scout volunteers of this scout troop. In the presence of Province scout board member, Mayor, deputy mayor, political persons of Hariwan Na.Pa, scout volunteers, social workers, medias, local people, other guests and many others.  This program was celebrated performing cleaniness and Rally program with carrying posters, pumphlets, banners and different cards. The aim of this program was to send the massage about Tuberculosis to the people in local level. The mayor declared  and said that this Hariwan Na.Pa. is a tubeculosis free local level and also many others.

Surf Smart 2.0 at Schools in Local Level

24March, 2022

On announcement of Province Scouts Office Madhesh Province, Janakpur  surf smart 2.0 ToTs all have conducted and completed Surf Smart 2.0  program at schools in local levels of Madhesh province successfully. It was successfully performed in many different schools in the by the MToT Volunteers to the students  Teacher Staffs, scouts volunteers and many others.  As a result this program will make aware about the use, safety, advantages, disadvantages, etc. to the users of internet.

Mask Campaign at Schools

24March, 2022

Province Scouts Office Province-2, Janakpur is running  Mask Use and Orientation Campaign in the listed out 10 schools of Madhesh province in the help of Nepal Scouts and UNICEF respectively. The aim of  this program  is to establish Mask Bank in each listed schools which will help the whole school family to be safe from Covid-19. As a result the whole society, country and the world be safe from this pandemic period. Also it will help schools to run their schooling regularly and continuously. Due to which schools will be able to run smoothly.   It is getting  success and the province office has  handovered masks also to the schools on the basis of numbers of students and teachers in the presence of Province coordinator, Province staffs, scouts volunteers, leaders, scouters, local political leaders, socila workers, medias, local people, other guests and many others.  Province coordinator Mr. Saroj Kumar Yadav handover and provincilal staffs has handover the masks to schools and so on to make people aware about Covid-19. It will help the people to be safe from Covid-19.

Maha Shivratri Celebration

24March, 2022

On the Announcement of Nepal Scouts Province Scouts Office Madhesh Province, Janakpur different local Scouts, volunteers and Scouts members and its own office Madhesh Province Scouts Office has conducted and performed different programs on the occassion of Maha Shivratri celebrations like Cleaniness, Decorations, invitings,etc. in different temples and places  on 2078 Falgun-17, successfully. It was successfully performed mobilizing scouts volunteers doing such activities.

Scouts Uniform Distribution

24March, 2022

Nepal Scouts Province Scouts Office Madhesh Province, Janakpur has completed Scouts Uniform Distribution Program from the month of Poush 2078 upto Chaitra successfully. It was successfully distributed and completed in all the listed community schools of Madhesh province.  It was completed  in the presence of Province coordinator, Province staffs, Schools principals, teachers, students, scouts volunteers, leaders, scouters, Mayor, deputy mayor, political persons, social workers, medias,local peoples, other guests and many others.  Province coordinator Mr. Saroj Kumar Yadav and provincial staffs handovered the scouts dress to the scouters children of different troops in different community schools to increase and run scouting in local level smoothly. Also they can perform different programmes to make people aware about scouting from root level.

 

Celebration of World Thinking Day

26February, 2022

On the Announcement of Nepal Scouts Province Scouts Office Madhesh Province, Janakpur diffenrent local Scouts and Scouts members and its own office Madhesh Province Scouts Office has conducted and performed different programs like Rally, March Pass, Singing, dancing, Debate, Tree plantation, Ceaniness, Drawings, Essay, Writing Competitins, Program in different places  on 2078 Falgun-10, successfully. It was successfully performed

Mask Handover Program

14December, 2021

Nepal Scouts Province Scouts Office Province-2, Janakpur has performed Mask Handover Program on 2078-07-11, Thursday successfully. It was successfully performed at Jaleshwar, Mahottari in the presence of Province coordinator, Province staffs, scouts volunteers, leaders, scouters, local people, district police, A.P.F police, other guests and many others.  Province coordinator Mr. Saroj Kumar Yadav handover 20,000pcs masks to the District Police Office, Mahottri,  Jaleshwar to perform different programmes to make people aware about Covid-19. It will help the people to be safe from Covid-19.   

Celebration of Constitution Day on 3rd Ashoj

19October, 2021

Nepal Scouts Province Scouts Office Province 2, Janakpur has celebrated Constitution Day Of Nepal on 3rd Ashoj 2078 B.S. successfully. It has celebrated this day organizing Blood Donation Program in a localwide campaign as a part of International Day of Peace (IDP) celebrations 2021. Near 100 scouts and general people donated the invaluable blood in the programs with the thought “blood donation means life donation”  which was organized simultaneously at local level in Samsi Ga.Pa., Birgunj Metropolitian of Province 2. In the same way IDP 2021 celebrations will continue with several programmes at local level and provincial as well.