Province-2

१ रात २ दिने हिउँदे क्याम्प सम्पन्न

मधेश प्रदेशको सर्लाही जिल्ला बागमती नगरपालिकामा २०७९ माघ ४ र ५ गते, १ रात २ दिने हिउँदे क्याम्प सम्पन्न भएको छ । मधेस प्रदेश तदर्थ समिति सदस्य तथा महेन्द्र स्काउट दल र ईलाईट स्काउट दलका स्काउट लिडर दिलीप प्रसाद उपाध्यायको नेतृत्वमा सञ्चालित क्याम्पमा ७० जना स्काउट बालबालिका, १२ स्काउटर र नगरशिक्षाका प्रतिनिधिले भाग लिएका थिए । क्याम्पमा कमाण्डो ब्रिज, टनेल क्रलिङ, ब्लाइन्ड गेम, क्विज कन्टेक्स्ट जस्ता साहसिक तथा बौद्धिक कार्यक्रमहरुमा स्काउटहरु सहभागी भएका थिए।