Province-2

स्काउट पोसाक वितरण

मिति २०७८ फाल्गुन १६ गते मधेस प्रदेशको हरिवन नगरपालिका ५ स्थित चेतन सन्देश जनहित पञ्च ईशाका श्रवण द्वन्द पीडित बिद्यालयमा नेपाल स्काउट द्वारा वितरित स्काउट पोसाक वितरण गरिएको छ।

उक्त कार्यक्रममा हरिवन नगरपालीका प्रमुख रमेश बुढाथोकी, प्रदेश सदस्य तथा प्रदेश सदस्यता बृद्धि संयोजक नारायन बहादुर कार्की, प्रदेश अधिकृत कृष्ण प्याकुरेल , विद्यालय संस्थापक नवीन तामाङ्ग र विद्यालयका शिक्षकहरूको उपस्थिती रहेको थियो।
कार्यक्रममा बोल्दै प्रदेश सदस्य तथा सदस्यता बृद्धि संयोजक नारायण बहादुर कार्कीले नेपाल स्काउटको लक्ष्य तथा उदस्यबारे बताउनु भयो। उहाँले अहिले नेपाल स्काउटले प्रत्यक्ष बिद्यालयका बालबालिकालाई स्काउटमा ल्याई एउटा सुन्दर र सभ्य समाजमा निर्माण गर्न बालबालिकालाई उत्पेडित गर्न खोजिरहेको बताउनु भयो। कार्यक्रममा नगर प्रमुखले नगरपालिका स्काउटलाई आफ्नो पालिका भित्ररहेको हरेक बिद्यालयमा भएको हेर्न चाहेको बताउनु भयो र उक्त कार्यलाई आफूले सक्दो सहयोग गर्ने बताउनु भयो।