Province-2

स्काउट सदस्यता वृद्धि अभियान

नेपाल स्काउट मधेश प्रदेश स्काउट कार्यालयले प्रदेशमा स्काउटिंग विस्तारको अभियान तीव्र बनाएको छ । नेपाल स्काउटको १० वर्षे रणनीति बमोजिम देशैभर चलेको स्काउट सदस्यता वृद्धि अभियान अन्तर्गत मधेश प्रदेशका स्थानीय तहका पालिकाका मुख्य जिम्मेवार व्यक्तित्वहरुलाई स्काउटसँग परिचित गराउने क्रममा सिराहा जिल्लाका पालिकाहरुमा पालिका प्रमुखहरुसँग भेट गरी स्काउटको बारेमा बताउने र विकास र विस्तारका लागि बजेट विनियोजन लगायतका समन्वय गर्ने काम सम्पन्न भएको छ ।
नेपाल स्काउट मधेश प्रदेश संयोजक श्री दिनेश यादव र सहायक निर्देशक श्री रविराज पौडेलले मिति २०७९ फागुन ५ गते सिराहा जिल्लाको विष्णुपुर गाउँपालिका अध्यक्ष श्री सत्यनारायण यादव, औरही गाउँपालिकाका अध्यक्ष श्री शिवजी यादव, सखुवानान्करकट्टी गाउँपालिकाका युवा अध्यक्ष श्री केदार यादव र भगवानपुर गाउँपालिकाका अध्यक्ष श्री उग्रनारायण यादवलाई भेट गरी पालिकामा स्काउट सञ्चालनको लागि अनुरोध गर्नुभएको छ । पालिका अध्यक्षज्यूहरुबाट सकारात्मक जवाफ प्राप्त भएसँगै प्रधानाध्यापकहरुलाई अभिमूखीकरण तालिम प्रदान गर्ने र तालिम सञ्चालन गर्ने कार्यक्रम अगाडि बढ्ने छ । त्यसैगरी २०७९ फागुन ६ गते सुखीपुर नगरपालिकाका मेयर श्री रामऔतार यादवसँग पनि वहाँहरुले भेटघाट गरी स्काउटिंग विकासमा सहयोग गर्न आग्रह गर्नुभएको छ । प्रमुखज्यूहरुले स्काउटको लागि केही रकम छ्ट्टयाएको बताउनुभएको छ र अभिमूखीकरण तालिमका साथै स्काउट आधारभूत तालिम सञ्चालन गर्ने व्यवस्था गर्ने बताउनु भएको छ ।

गत माघ ०३ गते नेपाल स्काउट मधेश प्रदेश तदर्थ समितिको जनकपुरमा बसेको बैठकले मधेश प्रदेश स्काउट कार्यालयको हालसम्मको प्रगति समीक्षा गर्दै प्रदेशमा स्काउट सदस्यता बृद्धि गर्ने, बृहतरुपमा स्काउटको प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने र स्काउटको आधारभूत तालिम सहितका समग्र स्काउटिंग गतिविधीलाई थप तदारुकताका साथ सञ्चालन गर्न प्रदेश समिति सदस्य लगायत स्थानीय संयोजकहरुलाई परिचालन गर्ने निर्णयहरु गरे अनुसार अन्य पालिकाहरुमा पनि क्रमशः भेटघाट गर्दैजाने कार्यक्रम मधेश प्रदेश स्काउटको रहेको छ ।