Province-2

विद्यालयमा स्काउट पोशाक वितरण

मिति २०७९ माघ २५ गते नेपाल स्काउट मधेश प्रदेश स्काउट कार्यालयले सिराहा नगरपालिकामा सञ्चालित श्री चन्द्र नमूना माध्यमिक विद्यालय र श्री सारश्वरनाथ माध्यमिक विद्यालयमा स्काउट पोशाक वितरण गरिएको छ । प्रदेश संयोजक श्री दिनेश कुमार यादवज्यूको उपस्थितिमा सिरहा नगरपालिकाका नगरप्रमुख डा. नवीन कुमार यादवबाट विद्यालयका प्रधानाध्यापकहरुलाई स्काउट पोसाक हस्तान्तरण भएको हो ।
पोशाक हस्तान्तरण कार्यक्रममा नगरप्रमुख यादवले स्काउटको माध्यमबाट युवा तथा बालबालिकाहरुको बृहत्तर विकास हुने बारेमा आफु जानकार रहेको बताउँदै नगरका सबै विद्यालयमा स्काउट सञ्चालन गर्न तालिम आयोजना गर्ने र अन्य समन्वय समेत गर्ने बताउनुभयो । १०८ वर्ष अघि वि.सं. १९७१ मा स्थापित श्री चन्द्र नमूना मा.वि.मा लामो समयपछि स्काउट गतिविधी हुन लागेकोमा विद्यालयका प्राचार्य मधुसुदन कर्णले खुसी व्यक्त गर्दै नेपाल स्काउटलाई धन्यवाद ज्ञापन गर्नुभयो । यसैसाथ वि.सं. २००८ सालमा स्थापित श्री सारश्वरनाथ मा.वि.मा पहिलोपटक स्काउट सञ्चालन हुँदैछ ।

नेपाल सरकारको सहयोगमा नेपाल स्काउटको राष्ट्रिय कार्यक्रम अन्तर्गत सातै प्रदेशमा छनौट गरिएका सामुदायिक विद्यालयमा स्काउट सञ्चालनका लागि प्रोत्साहन स्वरुप स्काउट पोशाक वितरण गरिएको छ । विपन्न वर्गका बालबालिकाहरुलाई स्काउट कार्यक्रममा संलग्न गराउन तालिम तथा कार्यक्रमहरुको आयोजनाका साथै पोशाक तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापनमा समेत स्थानीय तहका सरकारको संलग्नताले स्काउटको विकास हुनेमा प्रदेश स्काउट कार्यालय विश्वस्त रहेको छ ।