Province-2

महोत्तरीको भंगहा नगरपालिकामा स्काउट अभिमुखीकरण तालिम कार्यक्रम सम्पन्न

मिति २०७९ साल फागुन ५ गते शुक्रबारको दिन नेपाल स्काउट मधेश प्रदेश स्काउट कार्यालयको आयोजनामा महोत्तरी जिल्लाको श्री माध्यमिक विद्यालय भंगहा, सितापुर सिद्धपुर भंगहा न.पा. मा स्काउट अभिमुखीकरण तालिम कार्यक्रम सम्पन्न भएको छ । भंगहा नगरपालिका भित्र रहेका ७ वटा सामुदायिक विद्यालयबाट सातैं विद्यालयको प्रधानाध्यापकहरु, प्रत्येक विद्यालयबाट २-२ जना शिक्षक र ५-५ जना विद्यार्थीहरु र सामाजिक अभियन्ता लगायत जम्मा ६६ जनाको उपस्थितिमा स्काउट सम्बन्धी अभिमूखीकरण तालिम प्रदान गरिएको छ ।

नेपाल स्काउटको उद्देश्य तथा राष्ट्रिय रणनीतिक योजना अनुरुप सदस्यता वृद्धि सम्बन्धी अभियान अन्तर्गत यो कार्यक्रम संचालन गरिएको हो । स्काउट सम्बन्धी आधारभूत जानकारी र युवा तथा बालबालिकाहरुको लागि स्काउटको आवश्यकता तथा सामाजिक परिवर्तन र विकासमा स्काउटले खेल्ने भुमिका लगायतको महत्वमाथि प्रकाश पार्दै नगरका सबै विद्यालयहरुमा स्काउटिंग गतिविधि र स्काउटको कार्यक्रम सञ्चालन गरि लाभ लिन प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुलाई अनुरोध गरिएको छ । नेपाल स्काउट मधेश प्रदेश स्काउट कार्यालयको प्रदेश सहायक रोशन कुमार यादवलले कार्यक्रम संचालन गर्दै कार्यक्रमलाई सहजीकरण गर्नुभएको छ।
कार्यक्रममा प्रधानाध्यापक, शिक्षकहरुले अहिलेको समाजमा सामाजिक रुपान्तरणको निम्ति स्काउटको आवश्कता रहेको कुरा बताउनुभएको छ । प्रधानाध्यापक र शिक्षकहरुले आफ्नाे बाल्यकालमा सामाजिक शिक्षा विषयमा स्काउटको बारेमा पढेका र स्काउट सम्बन्धी पुराना यादहरु स्मरण गर्दै स्काउटले बालबालिकालाई अनुशासनमा बाँध्ने र उनीहरुलाई आफ्नो उत्तरदायित्व सिकाउने भएकाले स्काउटलाई विद्यालयसम्म पुर्याउन आवश्यक रहेको कुरा बताउनुभएको छ ।