Province-2

आठौं राष्ट्रिय योग दिवस

मिति २०७९/०१/०१ गते आठौं राष्ट्रिय योग दिवसको अवसरमा नेपाल स्काउट मधेश प्रदेश कार्यालयको सम्वन्यमा आयोजक पतञ्जलि योग समिति नेपाल साथै सहयोगी गायत्री परिवार द्वारा “स्वास्थ्य जीवनको चाहना: योग, शिक्षा र साधना” मूल नारा सहितको १ दिने कार्यक्रम आयोजना भएको थियो।
कार्यक्रममा बरहथवा नगरपालिका नगर प्रमुख कल्पना कुमारी कटुवाल, नगर उप– प्रमुख रामबाबु प्रसाद साह, स्काउटर दिलीप उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।
१ दिने कार्यक्रममा योग शिविर लगाएत नगर परिक्रमा पनि भएको थियो। उक्त कार्यक्रममा २२ जना स्काउटरले सहभागि जनाएका थियो।