Province-2

सर्लाही जिल्लाको लालबन्दी नगरपालिका विद्यालयका प्रधानाध्यापकहरुलाई स्काउट सम्बन्धी अभिमूखीकरण तालिम प्रदान

मिति २०७९ माघ २७ गते, शुक्रबार नेपाल स्काउट मधेश प्रदेश स्काउट कार्यालयको आयोजनामा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुलाई स्काउट सम्बन्धी अभिमूखीकरण तालिम प्रदान गरिएको छ । नेपाल स्काउटको राष्ट्रिय रणनीतिक योजना अनुरुप सदस्यता वृद्धि सम्बन्धी अभियान अन्तर्गत यो कार्यक्रम गरिएको हो । स्काउटको आधारभूत जानकारी र युवा तथा बालबालिकाहरुको सर्वांगीण विकासमा स्काउटको महत्वमाथि प्रकाश पार्दै नगरका विद्यालयहरुमा स्काउट कार्यक्रम सञ्चालनका गरि लाभ लिन प्रधानाध्यापक तथा संस्थागत विद्यालयका सञ्चालकहरुलाई अनुरोध गरिएको थियो । नेपाल स्काउट पूर्वी क्षेत्रिय सहायक निर्देशक रविराज पौडेलले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा शिक्षा अधिकृत सिवाकोटीले सामुदायिक तथा निजी विद्यालयमा स्काउट पुर्याउने र त्यसमा नगरपालिकाले सहयोग गर्ने कुरा ब्यक्त गर्नुभयो । अहिलेको समाजमा स्काउटको आवश्कता रहेको कुरा उहाँले बताउनुभयो । शिक्षा शाखा प्रमुख तिमिल्सिनाले आफ्नाे बाल्यकालको स्काउट सम्बन्धी पुराना यादहरु स्मरण गर्दै स्काउटले अहिलेका बालबालिकालाई अनुशासनमा बाँध्ने र उनीहरुलाई आफ्नो उत्तरदायित्व सिकाउने भएकाले स्काउटलाई विद्यालयसम्म पुर्याउन आवश्यक रहेको कुरा व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा लालबन्दी नगरपालिकाका अधिकृत कर्मचारीहरु, मधेश प्रदेश स्काउट तदर्थ समिति सदस्य तथा प्रदेशकाे सदस्यता वृद्धि सम्बन्धी संयोजक नारायण कार्की, प्रदेश अधिकृत कृष्ण प्याकुरेल र नगरका २५ विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।