Province-2

स्काउट स्वयंसेवीद्वार भीड व्यवस्थापन तथा सहजीकरण

धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा रहेको धनुषाधाम धार्मिक स्थलमा माघ महिना भरी लाग्ने मकर मेलामा मधेश प्रदेश स्काउट कार्यालयको समन्वयमा स्काउट स्वयंसेवीहरुले भीड व्यवस्थापन तथा दर्शनार्थीहरुलाई सहजीकरण गरेको छ । सर्भिस कार्यको लागि मधेश प्रदेश स्काउट कार्यालय मार्फत स्थानीय पालिका कार्यालय, मेला आयोजक समिति र नेपाल प्रहरी सँग सहकार्य गरी स्काउट परिचालन गरिएको थियो । लक्ष्मीनिया गाउँपालिका स्थानीय स्काउट कार्यालयका संयोजक स्काउट लिडर रोशनकुमार यादवको नेतृत्वमा सरिता यादव, मुकेश मण्डल, शिवानी साह, अमित कुमार साह, प्रतिभा यादव, पप्पु कुमार साह, खुश्बु मण्डल, उदय ठाकुर, दिपिका यादव, दिपेन्द्र मण्डल, ज्योति झा, शुभम साह, नेहा मण्डल, आदित्य राम, विनय राम, रोशन कुमार यादव लगायत १७ जना स्काउट स्वयंसेवीहरु सेवामा खटिएका थिए । सेवा कार्यको अनुगमन तथा निरीक्षण नेपाल स्काउटका सहायक निर्देशक रविराज पौडेल, प्रदेश सहायक रोशन यादवले गर्नुभएको थियो ।

स्काउटको विकास तथा विस्तारका लागि समुदायमा आधारित सबै कार्यक्रममा स्काउट सहभागी गराउने नीति अनुरुप मधेश प्रदेश स्काउटले स्थानीय सरकारसँगको समन्वयमा आफ्नो उपस्थिति बढाउँदै लगेको छ । धनुषाधाम मेलामा माघ महिनाभर प्रत्येक आइतबार भक्तजनहरुको विशेष जमघट हुने गर्दछ । नेपाल स्काउटका स्वयंसेवीहरुले मेला लाग्ने दिनमा जनचेतनामूलक प्लेकार्ड तथा ब्यानर प्रदर्शनी गर्नुका साथै सामाजिक दूरी र मास्क प्रयोगको बारेमा समेत जानकारी प्रदान गर्दै सेवा कार्य जारी राख्नेछन् ।