Province-2

Earth Hour 2023

मिति २०७९ चैत्र ११ गते मधेस प्रदेश स्काउट कार्यलयको आयोजनामा “Earth Hour 2023” जनकपुरधाम स्थित जानकी मन्दिरको प्राङ्गणमा मनाइएको थियो।

उक्त कार्यक्रममा प्रमूख अतिथि भौतिक पूर्वाधार विकास मन्त्री तथा पुर्व मधेस प्रदेश संयोजक मा. सरोज कुमार यादव, विशिष्ठ अतिथि गृह तथा सञ्चार मन्त्रालय मा. शत्रुधन प्रसाद सिंह, मधेस प्रदेश संयोजक दिनेश कुमार यादव, प्रदेश सदस्य चन्द्र प्रसाद यादव, लक्ष्मीनिया गाउँपालिका संयोजक रोशन कुमार यादव, क्षीरेश्वरनाथ नगरपालिका संयोजक पुरुषोत्तम कुमार चौधरी, प्रदेश अधिकृत कृष्ण प्याकुरेल, प्रदेश सहायक रोशन कुमार यादव, कमला नदी नियन्त्रण प्रमूख विष्णुदेव यादव, अञ्चल अस्पतालको कन्सलटेन्ट फिजिसियन डा. कृष्णा कुमार यादव तथा ३० जना स्काउटरहरुको उपस्थित थियो।
Earth Hour 2023 बारे कुरा राख्दै मा. सरोज कुमार यादवले Earth Hour एक विश्वव्यापी वातावरणीय आन्दोलन हो जसको उद्देश्य व्यक्तिहरू, व्यवसायहरू, नागरिक समाज संगठनहरू र सरकारहरूलाई ग्रहको लागि ठोस कार्यहरू गर्न प्रेरित गर्ने र सशक्तिकरण गर्ने हो। 2011 मा पहिलो कार्यक्रम देखि, Earth Hour नेपाल ले निरन्तर चेतना पैदा गर्न र पर्यावरण समर्थक मूल्यहरु र दिगो प्रभाव को लागी कार्यहरु लाई प्रोत्साहन मा ध्यान केन्द्रित गरेको छ र जसमा नेपाल स्काउटले आफ्नो तर्फबाट त्यसलाई चेतना फैलाउन कार्य निरन्तर गरी रहेको छ।
कार्यक्रम जानकी मन्दिरको प्राङ्गणमा मैन बत्ती जलाएर मनाइएको थियो।
उक्त कार्यक्रमको समापन पश्चात मा. सरोज कुमार यादव तथा मा. शत्रुधन प्रसाद सिंह नेपाल स्काउट प्रदेश कार्यालयको निरिक्षण गर्न जानु भएको थियो। कार्यालयमा उहाँहरुको स्वागत प्रदेश संयोजक दिनेश कुमार यादवले गर्नु भएको थियो।