Province-2

स्काउट आधारभूत तालिमको समुदघाटन

मधेश प्रदेशमा स्काउट सदस्यता वृद्धि अभियान अन्तर्गत सर्लाही जिल्लाको हरिपुर नगरपालिकामा स्काउट आधारभूत तालिमको समुदघाटन गरिएको छ । हरिपुर नगरपालिकाका नगरप्रमुख गोपाल पञ्जियारको प्रमुख आतिथ्यतामा आज एक समारोहका बीच तालिम कार्यक्रमको शुरुवात गरिएको हो । मेयर पञ्जियारले पानसमा बत्ती बाल्दै कार्यक्रमको समुदघाटन गरेका थिए । हरिपुर नगरपालिका तथा आसपासका क्षेत्रबाट विद्यालयका ४० जना शिक्षक शिक्षिकाहरु तालिममा सहभागी छन् । नेपाल स्काउटले सदस्यता वृद्धि अभियानमा विद्यालयमा नैं केन्द्रित भई स्काउट तालिम लगायतका अन्य प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्न थालेको छ ।

कार्यक्रममा मेयर पञ्जियारले पालिकाले स्काउट वृद्धिका लागि विद्यालयका शिक्षकहरुलाई अभिमूखीकरण दिई अहिले तालिमका लागि बजेट समेत छुट्टयाईएको बताए । अबका दिनमा पनि स्काउट विकासका लागि सबै सहयोग र समन्वय गर्न पालिका तयार रहेको बताएका थिए । स्काउट शिक्षा पालिकाका बालबालिका तथा युवाहरुको लागि उपयोगी रहने विश्वास व्यक्त गर्दै तालिम सफल सञ्चालनको शुभकामना पनि उनले दिए । कार्यक्रममा बोल्दै नेपाल स्काउटका सहायक निर्देशक रविराज पौडेललेस्काउट सबै बालबालिकाहरुको लागि उपयोगी हुने र मधेशका युवा तथा बालबालिकाहरुले पनि यसको लाभ लिन सकुन भन्ने उदेश्यले यस प्रकारका कार्यक्रमहरुमा विशेष जोड दिई अभियान नैं सञ्चालन गरिएको बताए । साथैस्थानीय रुपमा स्काउटको संरक्षक नगर तथा गाउँपालिकाका प्रमुखहरु रहने हुँदा वहाँहरुबाट यस्तै सहयोग प्राप्त हुँदा स्काउटको वृद्धि मात्र नभई सबै युवाहरुमा सकारात्मक भावना विकास भई अनुशासितदेशप्रेमी र समाजसेवाको भावले ओतप्रोत युवाहरु तयार हुने बताए ।

नगरका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले अहिलेको समयमा स्काउट सबैको लागि आवश्यक भएको र यसको विकासको लागि बजेट व्यवस्थाका साथै आवश्यक समन्वय पालिकाले गर्ने जानकारी दिए ।

२०७९ फागुन २६ गतेबाट शुरु भएको यो तालिम चैत्र १ गतेसम्म चल्नेछ । तालिमबाट प्रशिक्षार्थी शिक्षकहरुले विद्यालयमा विद्यार्थीहरुलाई स्काउट शिक्षाका लागि सहजीकरण गर्न ज्ञान तथा सीपहरु जान्नेछन जसलाई स्काउटको पद्धतिमा आधारित रही बालबालिकाहरुको उमेर समूह अनुसार तयार पारिएको विशेष पाठ्यक्रमका माध्यमबाट उनीहरुको शारीरिकबौद्धिकसामाजिकआध्यात्मिक र संवेगात्मक विकास गराई असल र अनुशासित मानवको रुपमा उनीहरुलाई तयार गर्न सक्रिय भूमिका खेल्नेछन् ।

देशभर चलिरहेको स्काउटिंग विकासको दशवर्षे रणनीतिक कार्यक्रम अनुसार यो तालिम चलेको र यसै प्रकारका कार्यक्रमहरुबाट नेपालमा सबै युवाहरुलाई स्काउट शिक्षामा समाहित गरी देशविकासमा योगदान दिनसक्ने सुयोग्य नागरिक तयार गर्ने अभियानमा नेपाल स्काउट रहेको सहायक निर्देशक रविराज पौडेलले बताए । आगामी १० वर्षमा देशभरीमा स्काउट सदस्य संख्या ७ लाख बनाउने लक्ष्य लिएको स्काउटले मधेश प्रदेशमा मात्रै १ लाख पचास हजारको हाराहारीमा सदस्य बनाउने लक्ष्य लिएको छ ।