Province-2

हरिवन नगरपालिकामा अनलाइन सदस्यता दर्ता प्रणाली (OMRS) को अभिमूखीकरण तालिम

मिति २०७९ माघ २८ गते, शनिबार नेपाल स्काउट प्रदेश स्काउट कार्यालय मधेश प्रदेशको आयोजनामा नेपाल स्काउटको अनलाइन सदस्यता दर्ता प्रणाली (OMRS) को अभिमूखीकरण तालिम आयोजना गरिएको छ । सर्लाही जिल्लाको हरिवन नगरपालिका अन्तर्गत सञ्चालित १० वटा विद्यालयका स्काउट माष्टर शिक्षकहरुलाई उक्त तालिम प्रदान गरिएको थियो । तालिमको सञ्चालन प्रदेश अधिकृत कृष्ण प्याकुरेलले गर्नु भएको छ। तालिमबाट १० जना स्काउट शिक्षकहरु लाभान्वित भएका छन् भने उक्त तालिमबाट नेपाल स्काउटको सदस्यता वृद्धि लक्ष्यमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा प्रदेश स्काउट कार्यालयले गरेको छ ।

यसप्रकारका कार्यक्रमहरु क्रमशः अन्य स्थानमा पनि सञ्चालन गरी स्काउट शिक्षकहरुलाई अनलाइन दर्ता प्रणालीको बारेमा यथेष्ट जानकारी प्रदान गरी स्काउट सदस्यता अभिलेखलाई पूर्णरुपमा डिजिटल प्रविधिमा लैजाने र सदस्यता वृद्धिको अभियानमा समेत मदत पुर्याउने लक्ष्य प्रदेश स्काउट कार्यालयले लिएको छ ।
कार्यक्रममा नेपाल स्काउट पूर्वी क्षेत्रिय सहायक निर्देशक रविराज पौडेल, मधेश प्रदेश स्काउट तदर्थ समिति सदस्य तथा प्रदेशकाे सदस्यता वृद्धि सम्बन्धी संयोजक नारायण कार्की लगाएत नगरपालिका भित्र रहेको ९ विभिन्न विद्यालयका स्काउट शिक्षकहरु सहभागी हुनुभएको थियो ।