Province-2

हरिपुर स्काउट कार्यलयको आयोजनामा ५२१औं BTC/३८० औं PTC सम्पन्न

मिति २०७९ फाल्गुन १ गते सर्लाही जिल्लाको हरिपुर नगरपालिकामा नेपाल स्काउट मधेस प्रदेशको हरिपुर स्काउट कार्यलयको आयोजनामा ५२१औं BTC/३८० औं PTC सम्पन्न भएको छ।

समापन कार्यक्रममा हरिपुर नगरपालिका प्रमुख गोपाल पजियार, नगर उपप्रमुख निलम देवि राय यादव, प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल, शिक्षा अधिकृत नागेश्वर राय, नेपाल स्काउट तदर्थ समिति सदस्य विजेन्द्र लाल ध्वजु, मधेस प्रदेश संयोजक दिनेश कुमार यादव, सहायक निर्देशक रवि राज पौडेल, प्रदेश सदस्य गंगाप्रसाद मैनाली, प्रदेश सदस्य तथा सदस्यता बृद्धि संयोजक नारायण बहादुर कार्की, प्रदेश अधिकृत कृष्ण प्याकुरेल, प्रदेश सहायक रोशन कुमार यादव, तालिम प्रशिक्षक, बिभिन्न विद्यालयका प्रधान अध्यापक लगाएत तालिममा सहभागि रहेका ३८ जना स्काउटरको उपस्थिती रहेको थियो।
कार्यक्रममा आफ्नो कुरा राख्दै नगर प्रमुख ज्यूले आफू पुरानो स्काउट रहेको र स्काउटले समाजमा के कस्तो परिवर्तन ल्याउन सक्ने आफूलाई जानकार रहेको बताउँदै स्काउट विस्तारमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने र हरिपुर नगरपालिकालाई स्काउटमय बनाउने तथा नेपाल स्काउटको १० वर्षे रणनीति बमोजिम देशैभर चलेको स्काउट सदस्यता वृद्धि अभियान अन्तर्गत मधेश प्रदेशले लिएको लक्ष्य पुराउन हरिपुरले पनि मुख्य भुमिका निभाउन उहाँले बताउनु भयो।
समापन कार्यक्रममा हरीपुर नगरपालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा अधिकृतलाई राष्ट्रिय समिति सदस्य विजेन्द्र लाल ध्वजुले दिक्षा दिनु भयो।