Province-2

World Thinking Day र Founder’s Day एवं U-Fund Day

आज २०७९ फाल्गुन १० गते, मंगलबार World Thinking Day र Founder’s Day एवं U-Fund Day को उपलक्ष्यमा मधेश प्रदेशमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका विभिन्न पालिकाहरुमा सञ्चालित स्काउट इकाईहरुले जितपुरसिमरा, हरिवन, गौर, औरही, लक्ष्मीनिया, धनुषाधाम, जनकपुरधाम लगायतका स्थानहरुमा स्काउट मार्चपास, निबन्ध प्रतियोगिता, प्रभातफेरी कार्यक्रम, सरसफाई कार्यक्रम, नटिङ सिकाई कार्यक्रमका साथ उक्त दिवस मनाएका हुन् । ती कार्यक्रमहरुमा स्काउट मास्टर र स्काउट बालबालिकाहरु गरी १५५ जना सहभागी भएका थिए ।